कोरोनाले गर्दा हामीलाई खानेकुरामा चनाखो बनाएको छ

१९ जेठ काठमाण्डौं । आज विश्व भाइरसबाट आजित बनिसके तर कोरोनाको अन्त्य पार्ने कुनै प्रभावकारी ओखती हामीमाझ आइपुगेको छैन । अझ प्रगति गरेका भन्नेहरु पनि भाइरसको घेराबन्दीमा जीवन बिताइरहेका छन् ।

के कोरोनाको यो समयले हामीलाई कसरी खाने भनेर सिकायो त ? जंकफूडको साटो अर्ग्यानिक खानामा हामीलाई अभिप्रेरित बनायो ? जस्ता प्रश्नहरुको उत्तर खोजौँ ।

धरातलमा हेर्ने हो भने कोरोनाले गर्दा हामीलाई केहि प्रतिशत खानेकुरामा चनाखो बनाएको छ । कोरोनाकालमा खानपान परिवर्तित छ । भिटामिनको प्रयोग बढ्दो छ र प्रतिरोधात्मक क्षमता बढाउने ताजा खानेकुरामा हाम्रो ध्यान केन्द्रित भएको छ । विज्ञहरुपनि कोरोनाकालमा मानिसहरु सचेत रहेको र शक्तिवर्द्धक कुराहरु खानमा जोड दिएको बताउँछन् ।

कोरोनाकालमा खानपानमा के परिवर्तन देखियो ?

रसायनबाट मानिस टाढा भए, प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानपानमा ध्यान,
चिसो पानी पिउन बन्द, समयमा खाना, सुत्ने र उठ्ने,
प्रतिरोधात्मक क्षमता बढाउनको लागि काँढा, च्यावनप्राश र मसलाको प्रयोगमा वृद्धि,
जंक र ननभेज फूड हटाउँदै मानिसहरु स्वास्थ्य खानातर्फ ।

कोरोना पछि पार्न के खाने ? के गर्ने ?

खाद्य विज्ञका अनुसार, कोरोनाको कुनैपनि प्रभावकारी भ्याक्सिन नबनेसम्म त्यसलाई जित्ने किसिमका खानेकुरामा जोड दिनुपर्ने बताउँछन् । विज्ञका अनुसार :-

खानामा रातो, पहेँलो र हरियो तरकारी र फललाई बढाउने,
सूप तथा झोलिलो पदार्थमा जोड गर्ने, कालो मरिचको प्रयोग गर्ने,
दिनमा एकपटक फलफूल खाने,
मिश्री उमालेर काँढा बनाएर पिउने जसमा मरिचको मिश्रण पनि गर्ने,
नियमित विहान र साँझ व्यायाम तथा योग गर्ने ।

यहाँ कमेन्ट गर्नुहोस्