रुपान्तरण अभियानमा ११ वर्षको अध्ययन भन्दा ८ दिनको सिकाई बढी प्रभावकारी

गाइघाट, उदयपुर, किशोरकिशोरीको समग्र विकासका लागि ८ दिने रुपान्तरण प्रशिक्षक प्रशिक्षण तालिम उदयपुरका ४ पालिका ( कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका) का ९ विद्यालयबाट १८ जना किशोर किशोरीहरुको सहभागिमा बैसाख १६ देखी २३ सम्म संचालन भएको उक्त तालिम आज समापन भएको छ ।

तालिम लै∙िक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत संचालन भएको थियो । समाजमा हुने हिंसा, दुव्र्यवहार र विभेद अन्त्य गर्न किशोरकिशोरीको सहभागि अनिवार्य रहेको हुदाँ रुपान्तरण कक्षा तथा अभियानबाट परियोजना संचालन भएको पालिकाहरुमा यो तालिम दिइएको आयोजक संस्था कोकनका फिल्ड संयोजक उत्तीम चन्द्र चौधरीले बताउनु भयो ।

कार्यक्रमका सहभागि मनिका विश्वकर्माले कक्षा ११ सम्म ११ वर्ष पढेर बसेको रहेछु सिक्न सकेको रहेनछु तर यो ८ दिनको तालिमले मलाई ११ वर्षको भन्दा बढी सिकाई भएको कुरा बताउनु भयो । साथै अर्का सहभागि सोमराज कार्कीले समाजमा भएको अन्धविश्वास र कुरितिलाई अन्त्य गर्न सजिलो चाहि छैन तर विस्तारै हामीबाट नै रुपान्तरण सुरुवात गर्यौँ भने मात्र समाज बदल्न सकिन्छ भनी भन्नुभयो ।

सोही समापन कार्यक्रम यु.एन.एफ.पि. ए.का जिल्ला कार्यक्रम संयोजक राज किशोरले यो परियोजना  अन्तर्गत स्थानीय तहमा तालिम प्रशिक्षणका लागि मानवीय स्रोत निर्माण गर्ने उदेश्यले प्रदान गरिएको बताउनु भयो । स्थानीय तह सदैब किशोरी किशोरी सशक्तीकरण गर्न नीति कार्यक्रम र बजेटबाट कार्य गर्दै आएको छ आगामी दिन स्थानीय पाठ्यसामाग्रीमा समेत समाबेश गरि विशेष कार्यक्रम गरि कार्य गरिरहेका छौ र आगामीदिनमा पनि गर्ने कुराको प्रतिबद्धता त्रियुगा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख राजकु्मार खड्काले बताउने भएको थियो । अन्तमा सहभागिहरुले सामाजिक विकास शाखा प्रमुखलाई प्रतिबद्धता सहितको ज्ञापन पत्र प्रदान गरेका थिए साथै आफ्नो पालिका र वडामा समेत ज्ञापन पत्र प्रदान प्रदान गर्ने प्रतिबद्धता गरेका छन् ।

समापन कार्यक्रम कोकनका सामुदायिक स्वंसेवक महेश कुमार बस्नेतले संचालन गर्नुभएको थियो भने ८ दिने तालिम गल्र्स किक संस्थाका निरज न्यौपाने र अरुणा कोजुले गर्नुभएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्