धनकुटा कांग्रेसका जिल्ला सचिव सहयोगको निम्ति शहर देखी गाउँ गाउँ सम्म

२० जेठ धनकुटा । धनकुटाको गाउ गाउमा कोरोना भाईरस तिव्र रुपमा फैलदै गएको पछि नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले आज हिले बजार देखी गाउ गाउ सम्मका कांग्रेसजनहरु संग घर घरमा पुगी भेटघाट गरी स्वास्थ्य समाग्रीहरु प्रदान गर्नु भयो ।

धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको हिले,सहिदभूमी गाउपालिकाको वडा नं.६ को आखिसल्लाको सुकेआहाल, थलथले बजार, वडा नं.२ र वडा नं। ३ र छथरजोरपाटी गाउपालिकाको वडा नं। ५ को सिधुवाका नेपाली कांग्रेसका वडा सभापतीहरु नेपाली कांग्रेसका जिल्ला सचिव विजय सन्तोषी राईले कांग्रेसका नेताहरु र कांग्रेसजनहरु संग भेटघाट गरी उहाहरुको स्वास्थ्य स्थितिको वारेमा जानकारी लिनु भएको थियो ।

सहिद भूमी गाउपालिका वडा नं.६ मा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि राम कुमारी भण्डारी, क्षेत्रिय सदस्य कमल कुमारी राई,आदिवासी जनजाती संघका जिल्ला कोषाध्यक्ष विष्णु राई,नेपाली कांग्रेस सहिदभूमी गाउपालिका वडानं.६ का वडा सभापती विकास राई,पूर्व सचिव सुरेन्द्र राई,तरुण दलका अध्यक्ष सुनिल राई लगायतका नेताहरु र यूवा कांग्रेसजनहरुसं भेटघाट गरी कोरोना भाईरस संग यूद्धमा सवैले उच्च मनोवलका साथ लड्नका निम्ति धनकुटा कांग्रेसका जिल्ला सचिव सचिव राईले अनुरोध गर्नु भयो ।

यैगरी सहिदभूमी गाउपालिका वडा नं.३ मा नेपाली कांग्रेस वडा सभापती श्याम राई,क्षेत्रिय प्रतिनिधि शोभा राई,सरिता राई, वडा नं. २ मा पूर्व महासमिति सदस्य शिव राई लक्षण राई,वडा सभापति दुर्गा विष्ट लगायतसंग कुरा गर्दै कोरोना भाईरस बाट बच्न उच्च सावधानी अपनाउन समेत अनुरोध गर्दै जिल्ला सचिव विजय सन्तोषी राईले वडाहरुमा कोरोना संक्रमित विरामीहरुको अवस्थाको वारेमा समेत जानकारी लिनु भएको थियो ।


यसैगरी धनकुटा नगरपालिका वडा नं.१ हिलेमा जिल्ला सदस्य शान्ति खड्का,वडा सभापती शमसेर गोङ्वा,नगर सदस्य राम घिसिङ्ग तामाङ्ग र छथरजोरपाटी गाउपालिकाको वडा नं। ६ सिधुवामा वडा सभापती नविन श्रेष्ठ,पूर्व वडा उपसभापती ईन्द्र श्रेष्ठ,नेपाल तरुण दलका जिल्ला सदस्य सन्तोष श्रेष्ठ,नेपाल टे«ड युनियन कांग्रेस छथरजोरपाटीका अध्यक्ष पदम भट्टराई,नेवीसंघका नेता बाल कुमार कार्की लगायत संघ भेटघाट गरी कोरोना भाईरससंग बच्ने उपाएको वारेमा परार्म गर्नु भएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्