रेखा थापा आफ्नो ४१ औँ जन्मदिन मनाउँदै

भाद्र ५ काठमाण्डौं  ___ अभिनेत्री रेखा थापाले मंगलबार आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन् । साथीभाइ, कलाकर्मी, समकक्षी लगायतले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म ‘हिरो’बाट अभिनय यात्रा सुरु गरेकी उनको पछिल्लो समय अभिनेत्री, निर्माता हुँदै निर्देशकसम्मको परिचय छ ।

रेखा सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी हुन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् । बेलाबेला विवादमा समेत आउने गरी उनले केही वर्ष अगाडि बलराम शाहीसँग विवाह गरेकी हुन् । अभिनयको अलवा राजनीति पनि सक्रिय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टीमा छिन् । गत मंसिरको निर्वाचनमा सांसदको उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् ।

रेखा अहिले उपहार नामक फिल्म निर्माण अभिनयमा तरखरमा छिन् । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्ममा छायाँंकनको तयारीमा छ । फिल्ममा मिस्टर नेपाल समर्पण । पूजा शर्मा, मुकुन भुसाल लगायतको अभिनय रहनेछ । प्रेमकथामा बन्न लागेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन रहनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्