चन्द्रयान–३ अभियानको खर्च चलचित्र ‘आदिपुरुष’ को भन्दा पनि कम

भाद्र ७ एजेन्सी___चन्द्रयान- ३ सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेपछि भारतको चन्द्र अभियान सफल भएको छ । नेपाली समयअनुसार बुधबार साँझ ६ बजेर १८ मिनेटमा चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको सतहमा अवतरण गरेको थियो । यतिबेला ल्यान्डरबाट प्रज्ञान रोभर बाहिर निस्किसकेको छ । त्यसले चन्द्रमाको फोटो खिच्ने र त्यहाँको जमिनको नमुना संकलन गर्ने भारतीय अन्तरिक्ष संस्था इस्रोले जनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार भारतको यस चन्द्र अभियानमा ६ सय १६ करोड भारतीय रुपियाँ खर्च भएको छ । हालै भारतसँगै विश्वभर भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनमा आएको छ । सो चलचित्र बनाउन ७०० करोड भारतीय रुपियाँ खर्च भएको थियो । अर्थात् आदिपुरुषको खर्चभन्दा पनि कम खर्चमा भारतीय अन्तरिक्ष अभियान सफल भएको हो । त्यसो त हालै प्रदर्शनमा आएको चलचित्र ‘बार्बी र ओपनहाइमर’को बजेटभन्दा पनि भारतीय अन्तरिक्ष अभियानको खर्च कम भएको बताइएको छ ।

बार्बी बनाउन ११ अर्ब भारतीय रुपियाँभन्दा बढी खर्च भयो भने ओपनहाइमर बनाउन ८ अर्ब २५ करोड भारतीय रुपैयाँ खर्च भयो । चन्द्रयान ३ चन्द्रमामा पुगेसँगै अमेरिका, रुस र चीनपछि भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बनेको छ भने भारत चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गराउने पहिलो मुलुक बनेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्