‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रम हुने

भाद्र ९ काठमाडौं___ चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ कार्यक्रम हुने भएको छ। भदौ १२ गते हुने सम्मान तथा पुरस्कारको तयारी अन्तिम चरणमा रहेको बोर्ड सदस्य रवि अधिकारीले जानकारी दिए।

‘गत असार १६ गते पर्ने भनिएको विविध कारणले कार्यक्रम भदौ १२ मा गर्दैछौँ। हामीले बोर्डको तर्फबाट गर्ने तयारी गरिरहेका छौँ । हामीकहाँ सहभागी चलचित्र मध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृत गर्नेछौँ, उनले भने। नेपाली चलचित्रको विकास र प्रगतिमा उल्लेखनीय योगदान पुर्‍याउने कलाकार तथा स्रष्टालाई सम्मान गर्ने गरिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्