एसिया कपको दोस्रो खेल खेल्न नेपाली टिम श्रीलंका पुगे

पाकिस्तानको मुल्तानमा बुधबार पहिलो खेल नेपालले पाकिस्तानसँग खेलेको थियो । पाकिस्तानसँग पराजित भएको नेपाली टिम चार्टर्ड उडानमार्फत बिहीबार श्रीलंका पुगेको हो ।

नेपाल रहेको समूह भारत र पाकिस्तान छन् । पाकिस्तानसँगको पहिलो भेटमा नेपाली ब्याटर टिक्न सकेका थिएनन् । जसले गर्दा ३४२ रनको लक्ष्य पछ्याएको नेपाल १०४ रनमा अलआउट भएको थियो । अब नेपालले भारतसँग कस्तो खेल्छ चासोको विषय बनेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्