भारत द्वारा पाकिस्तानलाई २ सय ६७ रनको लक्ष्य

भाद्र १६ एजेन्सी___ एसिया कप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानलाई जितका लागि २ सय ६७ रनको लक्ष्य प्रस्तुत गरेको छ। श्रीलंकाको केन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २ सय ६६ रन बनाएको हो। एक समय ६६ रनमा ४ विकेट गुमाएको भारतलाई इशान किशन र हार्दिक पाण्ड्याले पाँचौ विकेटका लागि १ सय ३८ रनको साझेदारी गर्दै टिमलाई समानजनक स्कोरमा पुर्या्एका थिए।

किशनले किशनले ८१ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ८२ रन बनाउँदै पेभिलियन फर्किए।त्यस्तै हार्दिक पाण्ड्याले भारतका लागि सर्वाधिक ८७ रन बनाए। उनले ९० बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। पाकिस्तानका लागि सहिन सा अफ्रिदीले सर्वाधिक ४ विकेट लिंदा नसिम साह र हरिस रउफले समान ३-३ विकेट हात पारे। वर्षाले दुई पटक प्रभावित बनाएपनि भारतको इनिङ भने पुर्ण रुपमा सम्पन्न भएको छ।

सुरुवाती क्रम भने पाकिस्तानी बलरसामु निरीह र्यो। कप्तान रोहित शर्मा ११, शुभमन गिल १० तथा विराट कोहली ४ रनमा आउट भएका थिए। त्यस्तै श्रेयस अय्यर १४ रन बनाएर पेभिलियन फर्किदा पाकिस्तान हावी भएको थियो।

यहाँ कमेन्ट गर्नुहोस्