प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा मधेस प्रदेशको तेस्रो जित

माघ ६ काठमाण्डौं ___ प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले तेस्रो जित हात पारेको छ। मधेसले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा कर्णाली प्रदेशलाई ६१ रनले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको मधेसले ९ विकेटको क्षतिमा २३१ रन जोड्यो। मधेसका लागि कप्तान हरिशंकर साहले ५० रन, मयन यावले पनि ५० रन र अनिल साहले ४४ रन जोडे। बलिङमा कर्णालीका दीपेन्द्र रावतले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिन सफल भए।

२३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १७० रनमा अलआउट भयो। कर्णालीका लागि हिमांशु शाहीले ५८ रन र दिनेश अधिकारीले ३३ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन। बलिङमा मधेसका राजेश यादवले ३ विकेट लए भने प्रदीप पासवानले २ विकेट लिन सफल भए। जारी प्रतियोगितामा कर्णालीको यो दोस्रो हार हो। कर्णालीले २ खेलमा भने जित निकालेको छ।

यहाँ कमेन्ट गर्नुहोस्