फागुन १३ देखि २६ गते सम्म दादुरा रुबेला खोप अभियान सुरु

फाल्गुण ११,२०८०

अमुर्त अनलाइन,

गाईघाट उदयपुर ,

जिल्ला स्वास्थ कार्यालय उदयपुरले फागुन १३  देखि  २६ गते सम्म ९ महिना देखि ५ बर्षसम्मका बालबालिकाहरुलाई दुई चरणमा दादुरा रुबेला खोप अभियान सुरु गर्ने तयारी गरेको  छ ।

स्वास्थ कार्यालयमा शुक्रबार बिहान आयोजित संचारकर्मीसङको अन्तरकृया कार्यक्रममा  खोपसुपभाइजर चिरञ्जीवी निरौलाले जानकारी गराएका छ्न।उनले जिल्लाको ८ वटा स्थानिय तहमा दुई चरण गरि खोप अभियान सुरु गरिने बताए  ।पहिलो चरणमा बेलका नगरपालिका , त्रियुगा , र रौतामाई गाउपालिका, चौदन्डिगढि , र लिम्चुङबुङ गाउपालिकामा फागुन १३ गते  खोप अभियान सुरु गरिने  छ भने फागुन  २६ गते  दोस्रो चरणमा कटारी नगरपालिका  , ताप्लि गाउपालिका र उदयपुरगढी गाउपालिकामा संचालन गरिने छ ।

कार्यक्रममा  नियमित खोप लगाईरहेका तर छुट भएका ५ बर्ष मुनिका बालबालिकालाई समेत दादुरा रुबेलाको खोप  लगाउन पाउने छ्न ।नेपालमा बिक्रम सम्बत २०२२ सालमा पहिलो पटक बिफर रोग विरुद्धको खोप सुरु गरिएको  थियो  ।

नेपालमा गर्भवती महिला सहित  ५ बर्ष मुनिका बालबालिकाको लागि विभिन्न १३ वटा  संक्रमण रोग विरुद्ध सरकारले निसुल्क खोप संचालन गर्दै आएको  छ । सरकारले वार्षिक रूपमा झन्डै ३ अरब ३० करोड मुल्य बराबरको बिभिन रोग विरुद्धको खोप किन्ने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्