कांग्रेसले आज संसदीय दलको बैठक बोलायो

फागुन २४ काठमाडौं___ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज संसदीय दलको बैठक बोलाएको छ । गठबन्धन तोडिएसँगै प्रतिपक्षी बेञ्चमा पुगेको कांग्रेसले आगामी संसदीय भूमिकाका विषयमा छलफल गर्न दलको बैठक बोलाएको हो । बैठक बिहान ९ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहितको नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । सदनमा सशक्त प्रतिपक्षको भूमिका कसरी निर्वाह गर्ने, संसद् बैठकमा कसरी प्रस्तुत हुनेलगायत विषयमा पार्टीले रणनीति तय गर्ने सांसद देवप्रसाद तिमल्सिनाले बताए ।

यसैबीच आजै संघीय संसदका दुवै सदनको बैठक पनि बोलाइएको छ । यसअघि फागुन २१ बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको थियो ।

 

यहाँ कमेन्ट गर्नुहोस्