जसपा अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बन्दै

फागुन २४ काठमाडौं___ जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकले  जसपाबाट तीन मन्त्री सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादवले उपप्रधान तथा स्वास्थ्यमन्त्री पाएका छन् ।

नवलकिशाेर शाह वन तथा वातावरणमन्त्री र दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बनेका छन् ।जसपाकाे केन्द्रीय कार्यकारिणी समितिकाे अहिले बसेकाे बैठकले मन्त्रीकाे नाम टुंग्याएकाे प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्