नेपालमा थप ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

साउन १८ काठमाडौँ ___ पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८११ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोरोना परीक्षण गरिएको कूल संख्यामध्ये एन्टिजेन विधिबाट ३ हजार १९८ जनामा परिक्षण गर्दा ८४६ जनामा संक्रमण देखिएका छ ।

त्यस्तै, पिसिआर विधिबाट १० हजार ६१३ जनामा परिक्षण गर्दा २ हजार २७९ जना संक्रमण भेटिएको मन्त्रालयले पुष्टि गरेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ९२५ जना निको भएका छन् । यससँगै निको हुनेको कूल संख्या ६ लाख ५८ हजार १२२ पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ भने अझै सक्रिय संक्रमित ३१ हजार ६२९ जना रहेका छन् । कोरोनाका कारण मृत्यु हुनेको कूल संख्या ९ हजार ८९८ पुगेको छ । हालसम्म १ लाख ८१ हजार २५ जनाले खोप लगाइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना पुष्टि हुनेको कूल संख्या ७ लाख ६२ हजार ४३२ जना पुगेको छ । हाल भेन्टिलेटरमा १७५ जना, आइसियूमा ६९० जना रहेको छ भने होम आइसोलेसनमा २८ हजार ४०५ जना र संस्थागत आइसोलेसनमा ३ हजार २२४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा सबैभन्दा बढी काठमाडौँ जिल्लामा ५५६ जना संक्रमित थपिएका छन् भने मोरङमा १३५ जना, कास्कीमा १७४ जना, बाग्लुङमा १३२ जना, ललितपुरमा ११५ जना, मकवानपुरमा १३६ जना, काभ्रेपलाञ्चोकमा १०७ जना र सुनसरीमा ११६ जना संक्रमित थपिएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्