गोकुल बाँस्कोटाद्वारा वरिष्ठ नेता माधवकुमार नेपाल नयाँ पार्टी खोल्न लागेको दाबी

साउन १९ काठमाडौँ__ नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी खोल्न लागेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटमार्फत वरिष्ठ नेता नेपालले बुधवार नयाँ पार्टी घोषणा गरेर माओवादी पार्टीमा जाने ढोका खोल्न लागेको दाबी गरेका हुन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘क्वालीटीमा भोलि माधव कमरेडले एमालेलाई रातो बत्ती देखाएर कलम पार्टी घोषणा गरी माओवादी पार्टीमा जाने ढोका खोल्ने र अन्ततः भाई कांग्रेस भई नयाँ अग्रगामी इतिहास रच्ने लास्ट प्रयास गर्ने ।’

यस्तो छ उनको ट्वीट

 

प्रतिक्रिया दिनुहोस्

यहाँ कमेन्ट गर्नुहोस्