बारामा शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

साउन १९ काठमाडौं___ बारामा शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महागढीमाई नगरपालिका ८ बेतौना टोलका ३२ वर्षीय श्यामबाबु साह रहेका छन् ।  उनको मंगलबार बिहान शौच गरेर मलद्वार धुने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

श्यामबाबु बिहानै शौच गर्न खेतमा गएका थिए । शौचपछि मलद्वार धुने क्रममा खेतमा रहेको मोटरको तारबाट पानीमा करेन्ट प्रवाह हुँदा उनी गम्भिर घाइते भएका थिए । करेन्ट लागेपछि उनलाई उपचारको लागि कलैया अस्पताल लगिएपनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्