मेलम्चीमा विनाशकारी बाढी पहिरोको एक होइन, बहु कारण कारक

साउन २० काठमाडौं___ मेलम्चीमा एकभन्दा बढी कारणले विनाशकारी बाढी पहिरो निम्ताएको दुईवटा अध्ययन प्रतिवेदनले देखाएका छन् । असार १ मा मेलम्ची नदीमा भीषण बाढीपहिरो आउँदा मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्ससहित मेलम्ची बजार क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो ।

मेलम्ची नदीमा अचानक ठूलो बाढीपहिरो आएसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र नेपाल इन्जिनियरिङ एसोसिएसनले छुट्टाछुट्टै अध्ययन गरेका थिए ।दुई संस्थाको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटा मात्रै नभएर धेरै कारण जिम्मेवार रहेको देखिएको छ । ‘मेलम्चीमा बाढीपहिरो निम्तिनुको एउटा मात्रै कारण जिम्मेवार हुन सक्दैन ।

यो प्रकोप हुनुमा धेरै कारक भएको देखिन्छ’, इसिमोडको प्रतिवेदनमा उल्लेख छ । इसिमोडका क्षेत्रीय कार्यक्रम व्यवस्थापक अरूणभक्त श्रेष्ठ मेलम्ची नदीमा बाढीपहिरो आउनुमा एउटामात्रै कारण नरहेको बताउँछन् ।

‘मेलम्चीमा बाढीपहिरो आउनुमा एउटा मात्रै कारण छैन,’ उनले भने, ‘धेरै कारण एकैपटक जुट्दा यस्तो खालको विपद् आएको हो ।’ श्रेष्ठले सबै कारण एकैपटक जुट्दा यस्तो खालको विपद् निम्तिएको बताए । ‘यो एउटा कारणले मात्रै हो भनेर भन्न सकिँदैन । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्