गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता

साउन २० काठमाडौं___ सङ्घीय सरकारका गृहमन्त्री बाल कृष्ण खाँण र प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतबीच मङ्गलवार सिंहदरबारमा भेटवार्ता भएको छ। उक्त भेटमा प्रदेश दुईको विकास र कोभिड नियन्त्रणमा कुराकानी भएको बताइएको छ।

गृहमन्त्रीले आफू प्रदेश दुईको विकास र जनताको पक्षमा रहेको बताएको जनाइएको छ। कोभिड नियन्त्रणमा खोप लगाउने कार्यमा जनतालाई उत्प्रेरित गर्न मुख्य मन्त्रीसँग आग्रह गरेका छन्।

कोभिड नियन्त्रणका लागि प्रदेश दुईसँग पर्याप्त मात्रामा खोपहरू रहे पनि प्रयोग नभएको भन्दै गृहमन्त्री खाँणले मुख्य मन्त्रीलाई जनताको पक्षमा काम गर्न अनुरोध गरेका हुन्।

सङ्घीय सरकार र प्रदेश सरकारको सम्बन्धलाई बलियो बनाइ समग्र देश र जनताको पक्षमा आफूले काम गर्ने गृहमन्त्री खाँणले बताएका छन्।

यहाँ कमेन्ट गर्नुहोस्