‘कोरोनामुक्त भएको दुई हप्तामा हार्ट अट्याकको खतरा बढी’ : अध्ययनको दावी

साउन २० एजेन्सी___  कोरोनाको कहर अझै पनि उस्तै छ । विभिन्न देशहरुमा कोरोनाको नयाँ लहरको रुपमा महामारी आउने चेतावनी दिन थालिएको छ । यसैबीच, प्रतिष्ठित मेडिकल जर्नल द लेन्सेटमा प्रकाशित एउटा अध्ययन अनुसार कोभिड–१९ बाट मुक्त भएको पहिलो दुई हप्तामा हार्ट अट्याक अथवा स्ट्रोकको खतरा तीन गुणा बढ्छ ।

लेन्सेटको अध्ययनमा के दावी गरिएको छ भने स्वीडेनमा गत वर्षको १ फेब्रअरीदेखि १४ सेप्टेम्बरका बीच ८६ हजार ७ सय ४२ जना कोरोना संक्रमित तथा ३ लाख ४८ हजार ४ सय ८१ जना सामान्य मानिसहरुमा एक्यूट मायोकार्डिनल इन्फाक्र्शन अर्थात हार्ट अट्याक हुने खतराको तुलनात्मक अध्ययनको आधारमा रिसर्च गरिएको छ ।

स्वीडेनमा उमिया यूनिभर्सिटीमा कार्यरत तथा अध्ययनको रिपोर्टका सहयोगी लेखक ओस्वाल्डो फोन्सेका रोड्रिगेजका अनुसार कोरोनमुक्त भएपछिको प्रारम्भिक दुई हप्तामा हार्ट अट्याक अथवा स्ट्रोकलाई लिएर तीन गुणा बढी जोखिम पाइएको छ ।

अनुसन्धानकर्ताहरुद्वारा सहरुग्णता, उमेर, लिंग तथा सामाजिक–आर्थिक परिस्थितिहरुमा ध्यान दिँदा के कुरा भेटियो भने मायोकार्डिनल इन्फाक्र्शन तथा स्ट्रोकको खतरा बराबरी छ ।

उमिया विश्वविद्यालयसंग सम्बन्धित तथा अध्ययनकी सह–लेखिका इयोनिस कट्सौलारिसका अनुसार प्राप्त परिणामले के कुरा बताएका छन् भने कोरोनाका बिरामीहरुको उपचारमा हृदय सम्बन्धि जटिलताहरु एउटा महत्वपूर्ण पक्ष रहेको छ ।

साथै प्राप्त परिणामले के पनि देखाएको छ भने कोरोनाविरुद्धको खोप अभियान कत्तिको महत्वपूर्ण छ, विशेष रुपले ज्येष्ठ नागरिक, जसलाई हार्ट अट्याकको सम्भावना बढी छ ।

यहाँ कमेन्ट गर्नुहोस्