बाढीपहिरोले पु-याएको क्षतिका कारणयो वर्ष धान उत्पादनमा कमी आउने

कार्तिक ३ काठमाण्डौं ___ बाढीपहिरोले धान बालीमा पु-याएको क्षतिका कारण यस पटक धान उत्पादनमा कमी आउने देखिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८/७९ मा ६० लाख मेट्रिक टन धान उत्पादन हुने अनुमान गरेकोमा त्यो नपुग्ने भएको छ।

आव २०७७/७८ को ५६ लाख मेट्रिक टन जति पनि नपुग्ने देखिएको कृषि मन्त्रालयले जनाएको छ। ‘यो प्रारम्भिक अनुमान मात्र हो’, कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मले भने, ‘अहिले सञ्चार माध्यममा आएको तथ्यांक र हामीले सोधखोज गरेको आधारमा बुझ्दा यसपालि धान उत्पादनमा कमी आउनेछ।’ धान उत्पादनमा कमी आउँदा कुल गार्हस्थ्य उत्पादनमा पनि असर पर्ने देखिएको छ। गोरखापत्रमा खबर छ ।

यहाँ कमेन्ट गर्नुहोस्