नेपालमा कोरोना : २४ घण्टामा ५४५ संक्रमित, ८ जनाको मृत्यु

कार्तिक ४ काठमाडौँ___ नेपालमा थप ५४५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ४७० र एन्टीजेन परिक्षणबाट ७५ गरि कुल ५४५ जना संक्रमित थपिएको जानकारी दिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ७२६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९७.२ रहेको मन्त्रालयले जनाएको छ । देशभर अहिले २२५ जना क्वारेन्टाइनमा छन् ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा ६५८६ पिसिआर र १९६३ नमुना एन्टीजेन परिक्षण गरि कुल ८ हजार ५४९ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ३१५ पुगेका छन् ।

 

त्यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ३३२६ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ हजार ५६८ जनाले खोप लगाएका छन् भने अहिलेसम्म पहिलो मात्रा ८५ लाख ८१ हजार १९५ र पूर्ण मात्रा ६५ लाख ४६३ जनाले लगाइसकेको मन्त्रालयले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्