संविधानको रक्षा गर्न सरकारले अध्यादेश ल्यायो : इन्द्र बानियाँ

कार्तिक ४ काठमाडौं___ वाग्मती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले संविधानको रक्षाका लागि संघीय सरकारले अध्यादेश ल्याएको बताएका छन् । बिहीबार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा प्रदेशसभामा बोल्दै नेता बानियाँले केपी ओलीले संविधान नै ध्वस्त पार्न खोजेपछि पाँच वर्षसम्म व्यवस्था चलाउन अनिवार्य भएकाले सरकारले अध्यादेश ल्याउनुपरेको बताए ।

 

बानियाँले ओली सरकार र प्रदेश सरकार दुवैले कागजमा उपलब्धि ल्याउने गरेको भन्दै जनतामै उपलब्धी ल्याउन र संविधान जोगाउने प्रयोजनका लदागि गठबन्धन अनिवार्य भएको बताए । उनले दसैँमा निन्याउरो अनुहार नहेर्नका लागि विपक्षीहरूले सरकारलाई सहजीकरण गरेको भन्दै अब भने विश्वासको मत लिने प्रस्ताव अघि बढाउन सभामुखलाई आग्रह गरे ।

यहाँ कमेन्ट गर्नुहोस्