प्रदेश १ मा बाढी-पहिरोमा परी मृत्यु हुनेको संख्या ६२ पुग्यो

कार्तिक ४ विराटनगर___ बेमौसमी वर्षाले प्रदेश १ मा ठूलो जनधनको क्षति हुने क्रममा हालसम्म ६२ जनाको मृत्यु भएको छ। पाँचथरमा मात्रै २८ जनाले ज्यान गुमाएका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार बिहीबार साँझसम्ममा  इलाममा १४, पाँचथरमा २८, उदयपुरमा २, धनकुटामा ७, सुनसरीमा ८ जना, मोरङ, भोजपुर र सोलुखुम्बमा १/१ जनाको मृत्यु भएको छ।

 

प्रहरीका अनुसार  हालसम्म १३ जना बेपत्ता छन्। बेपत्ताको खोजी कार्य जारी छ। जसमा पाँचथरमा ६, इलाममा १, मोरङमा ३ र सुनसरीमा ३ गरी १३ जना बेपत्ता छन्। मृत्यु भएकामध्ये ५३ जनाको पहिचान खुलेको छ। ९ जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जसमा २६ पुरूष, १७ महिला, ७ बालक र ३ बालिकाको बाढी र पहिरोमा परेर मृत्यु भएको छ।

यहाँ कमेन्ट गर्नुहोस्