शुक्रबार पनि विराटनगरबाट हवाइ उडान नहुने

कार्तिक ४ विराटनगर___ शुक्रबार पनि विराटनगरको हवाइ उडान नहुने भएको छ। बाढीको कारण विमानस्थल जलमग्न भएसंगै उडान अवरुद्ध भएको छ। बुद्ध एयरले शुक्रबार पनि विराटनगरमा नियमित उडान नहुने जानकारी दिएको छ।

‘त्यस भेगका यात्रुलाई आउजाउ सहजताका लागि बुद्ध एयरले भद्रपुर र राजविराजको लागि शुक्रबार उडान थप गरेको छ’, बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्र कर्णले भने। यति एयरलाइन्सले पनि विराटनगर विमानस्थल बन्द भएपछि भद्रपुर विमानस्थलमा उडान थप गरेको बताएको छ।

यहाँ कमेन्ट गर्नुहोस्