इराकसँग नेपाल ४ गोलको अन्तरले पराजित

१६ जेठ काठमाण्डौं । विश्वकप छनोट अघिको इराकसँगको अन्तराष्टिय मैत्रीपुर्ण खेलमा नेपाल पराजित भएको छ।इराकको अल्फाहया रंगशालामा भएको खेलमा नेपाल ६–२ ले पराजित हुन पुग्यो। पहिलो हाफको सुरुवाती समयमा सानदार प्रर्दशन गरेको नेपाली टोलीमा गोलरक्षक र डिफेन्सको तालमेल मिल्न नसक्दा नेपाल फराकिलो हार व्यहोर्न बाध्य भयो।

पहिलो हाफको एक समय नेपालले २–१ को अग्रता बनाए पनि लामो समय टिक्न सकेन। खेलको सातौं मिनेटमा नै इराकले सुरुवाती अग्रता बनाएको थियो। त्यसको एक मिनेट नबित्दै अहमद इब्राहिम खलाफको आत्मघाती गोलको सहयोगले नेपालले बराबरी गरेको थियो। खेलको ३० औंँ मिनेटमा डेब्युकर्ता मनिष डाँगीले गोल गर्दै नेपाललाई २–१ को स्थितीमा ल्याए। ३८औं मिनेटमा इराकले बराबरी गोल फर्कायो। पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले थप गोल गर्न सकेन। इराकले भने २ गोल गर्यो।

दोस्रो हाफमा नेपालले तीन खेलाडी परिवर्तन गरेको थियो। सन्तोष तामाङ, नवयुग श्रेष्ठ र मनिष डाँगीको स्थानमा सुनिल बल, अभिषेक रिजाल र विशाल राई मैदान प्रवेश गरेका थिए। इराकसँगको मैत्रीपुर्ण खेलपछि नेपाल कुवेत प्रस्थान गर्नेछ। नेपाली टोलीले जेठ २० गते चाइनिज ताइपेइ, जेठ २५ गते गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ।

३ अंकका साथ नेपाल समूहको अंकतालिकाको चौथो स्थानमा छ। नेपालले ५ खेलमा १ खेलमा जित र ४ खेलमा हार बेहोरेको थियो। अंकतालिको पुछारमा रहेको चाइनिज ताइपेइले अंक जोड्न सकेको छैन। अस्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक छ। अंक तालिकाको चौथो स्थानमा रहँदै छनोट चरण सकेको खण्डमा नेपालले एसियन कप छनोटको तेस्रो राउन्डमा सोझै स्थान बनाउने भएकाले पनि छनोट अवसर रहनेछ।

यहाँ कमेन्ट गर्नुहोस्