नेपाली राष्ट्रिय फुटबल टोली आज राति स्वदेश आइपुग्ने

३० जेठ काठकाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोली आज आइतबार राति स्वदेश फर्किँदै छ। फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को समूह चरणको खेल र इराकसँगको मैत्रीपूर्ण खेल खेलेर २० दिनपछि स्वदेश फर्कनलागेको हो।

बिहान ५ बजे टोली आज कुवेतबाट नेपालको लागि प्रस्थान गरिसकेको छ। त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा राति ९ बजे टोली आइपुग्नेछ।नेपाली टोली चार्टर्ड उडानमार्फत नेपाल आउन लागेको हो।

घरेलु मैदानमा हुनुपर्ने छनोट खेल नेपालले कोरोना भाइरसको महामारीको कारण तटस्थ भूमिका रुपमा कुवेतमा खेलेको हो । नेपाली टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरी उतैबाट कतार गएका छन्। उनी एक सातापछि नेपाल फर्किनेछन्।

 

यहाँ कमेन्ट गर्नुहोस्