सन्दीपले ट्रिनबागो नाइट राइडर्सबाट सीपीएल खेल्ने

११ जेठ काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने भएका छन् । सीपीएलले सामाजिक सञ्जालमार्फत सन्दीपले डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइट राइडर्सबाट खेल्ने जानकारी दिएको हो ।

काइरन पोलार्डको कप्तानीमा रहेको ट्रिनबागोले गत वर्ष अपराजित रहँदै उपाधि जितेको थियो । सन्दीपले गत वर्ष जमैका तलावाजबाट सीपीएल खेलेका थिए । जसमा उनले ११ खेलमा १२ विकेट झारेका थिए ।

सन्दीपलाई जमैका तलावाजले रिलिज गरेसँगै ट्रिनबागोले अनुबन्ध गरेको हो । सीपीएल २०२१ आगामी २८ अगष्टदेखि १९ सेप्टेम्बरसम्म हुनेछ ।

यहाँ कमेन्ट गर्नुहोस्